विदुर नगरपालिका गेर्खुमा माहोल बनाउँदै चन्द्र बहादुर प्याकुरेल, दिनभर घरदैलोमा

विदुर नगरपालिका गेर्खुमा माहोल बनाउँदै चन्द्र बहादुर प्याकुरेल, दिनभर घरदैलोमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदुर नगरपालिका गेर्खुमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका चन्द्र बहादुर प्याकुरेल लगायत उम्मेदवारहरुले नियमित रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

प्याकुरेलले वडा अध्यक्ष उम्मेदवारी दर्ता गरेदेखि नै नियमित रुपमा वडा नं ११ का नगरबासीको घरघरमा गएर आफूलाई मतदान गर्न आग्रह गरिरहेको बताएका छन् । 

आइतबार संयुक्त गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारका राजन श्रेष्ठ,उप मेयरका उम्मेदवार प्रभा बोगटी, कांग्रेस वडा अध्यक्षका उम्मेदवार  र वडा सदस्यहरुका उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रम गरेको नेपाली कांग्रेस विदुर नगरपालिका वडा नं ११ का उप सभापति ज्ञान प्रसाद प्याकुरेलले जानकारी दिए ।

घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार  राजन श्रेष्ठले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा संयुक्त गठबन्धनका सम्पुर्ण उम्मेदवारहरुलाइ मतदान गरी सिंगो टिमलाई विजयी गराउन अनुरोध गरेको प्याकुरेलले बताए । 



Recent Comments

No comments to show.