दैनिक वर्षा हुने क्रम अझै केही दिन नरोकिने, चुनावका दिन पनि पानी पर्ने सम्भावना

दैनिक वर्षा हुने क्रम अझै केही दिन नरोकिने, चुनावका दिन पनि पानी पर्ने सम्भावना

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली  र  भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

जसको प्रभवाले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का तराई भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका मौसमविद्का अनुसार दैनिक वर्षा हुने क्रम अझै केही दिन रोकिने संकेत देखिएको छैन। यो क्रम चुनावसम्म पनि देखिने सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम सम्भावना

वैशाख २५ गते आइतबार
दिउँसो : देशभर  आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।​

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २६ गते सोमबार
दिउँसो : देशभर  आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २७ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश  र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Recent Comments

No comments to show.