काठमाडौं । आसन्न स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये करिब चार हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता भएको थियो । उम्मेदवारी फिर्ता लिने म्याद बिहबिार साँझ ५ बजेसम्म थियो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रविष्ट भएका छन् ।
प्रतिक्रिया