काभ्रेका सबै स्थानीय तहमा कांग्रेसले टुंग्यायो उम्मेदवार, पाँचखालमा महेश खरेल

काभ्रेका सबै स्थानीय तहमा कांग्रेसले टुंग्यायो उम्मेदवार, पाँचखालमा महेश खरेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस काभ्रेले आफ्नो भागमा परेको सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। गठबन्धनको प्रमुख दल कांग्रेसले काभ्रेका ४ नगरपालिका र तीन गाउँपालिकामा नेतृत्व पाएको छ भने २ नगरपालिकामा उपप्रमुख र ४ गाउँपालिकामा उपाध्यक्ष पाएको छ। 

सोमबार भएको निर्णयअनुसार बनेपा नगरपालिका प्रमुखको टिकट शान्तिरत्न शाक्यले पाउने भएका छन्। त्यस्तै पाँचखाल नगरपालिकाको मेयरमा महेश खरेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यसैगरी पनौतीको मेयरमा रामशरण भण्डारी र नमोवृुद्धको मेयरमा कुन्साङ लामालाई उम्मेदवार बनाइने भएको छ। त्यस्तै रोशी गाउँपालिकाको अध्यक्षका लागि दिनेश लामा, तेमाल गाउँपालिकाको अध्यक्षका लागि चन्द्र लामा र बेथानचोक गाउँपालिकाको अध्यक्षका लागि भगवान भण्डारीले टिकट पाएका छन् 

उपमेयरतर्फ धुलिखेल नगरपालिकामा निराजन जंगम र मण्डनदेउपुरमा विष्णुमणि नेपाललाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यस्तै गाउँपालिकाको उपाध्यक्षतर्फ महाभारतमा सागर मोक्तान, खानीखोलामा दोर्जेमान जिम्बा र चौरीदेउराली गाउँपालिकामा शेरबहादुर लामालाई उम्मेदवार बनाइने भएको छ। 

उम्मेदवारको भागबण्डा सकिएपछि टिकट पाएका उम्मेदवारहरुले आझै मनोनयन दर्ता गराउनेछन्। मनोनयन दर्ताका लागि आज अन्तिम दिन हो। मनोनयन दर्ताका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

 

Recent Comments

No comments to show.