अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवशरमा, राष्ट्रसेवक कर्मचारीलाई पुष्पगुच्छा सहित सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवशरमा, राष्ट्रसेवक कर्मचारीलाई पुष्पगुच्छा सहित सम्मान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर  । आज मे १ तारिख अर्थात १ सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ।

यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। 

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको उपस्थितिमा प्रदेश सभा सदस्य माननिय कृष्ण लाल भडेल तथा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले बिश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा गरिएको लकडाउनको पालना गर्दै सामाजिक दुरीको पुर्ण ख्याल राखी अहोरात्र सडकमा घामपानीको कुनै प्रबाह नगरी सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्र सेवक कर्मचारीलाई  अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा हौसला प्रदान गर्नका लागि जडिबुटी देखि जगाती पोस्ट सम्म आफ्नो कार्यक्षेत्रमा भएका राष्ट्र सेवक कर्मचारीहरुलाई पुष्पगुच्छा , पन्जा र ग्लोवस सहित सम्मान गरेका छन ।

राष्ट्र सेवामा समर्पित इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू पुष्पगुच्छा , पन्जा र ग्लोवस सहित सम्मान गर्दै कांग्रेस नेता तथा भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पानीपरेको बेला शङ्कधर चोक देखि सुर्यबिनायक सम्म सडक ग्लेजिङ चिप्लो भएकोले सवारी साधन प्रयोग कर्ता लाई अलिक सजगता भएर ड्राइभिङ्ग गर्न समेत सचेतना गराएका थिए ।

Recent Comments

No comments to show.