काठमाडौं । स्थानीय निर्वाचनका उम्मेदवारको भागबण्डा मिलाउन सोमबार बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सोमबारको बैठकमा सहमति जुट्न नसके पछि बैठक विना निष्कर्ष टुंगिएको हो ।
६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि सोमबार दुईपटक बैठक बसेको थियो।
सहमतिका लागि मंगलबार साढे ११ बजे गठबन्धनको बैठक पुनः बस्ने कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘हामी सहमतिको नजिक पुगेका छौं । सोमबार फेरि बैठक बस्नेछ, त्यसपछि मैले तपाईँहरुलाई सहमतिको खाका सुनाउनेछु’, बैठकपछि प्रतिक्रिया दिँदै उनले भने ।
बैठकमा माओवादी केन्द्र र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको बताइएको छ ।
प्रतिक्रिया