सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्यो ग्लोबल आईएमई बैंक, कुन बैंकले कति नाफा कमाए ? हेर्नुहोस्

सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्यो ग्लोबल आईएमई बैंक, कुन बैंकले कति नाफा कमाए ? हेर्नुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा हाल संचालनमा रहेका २७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

ग्लोबल, नबिल र एनआइसी एशिया बैंकलाई पछि पार्दै सार्वधिक नाफा कमाउने बैंक बनेको हो । ग्लोबलले फागुन मसान्तसम्म ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो एनआइसी एशियाको भन्दा १७ करोड र नबिलको तुलनामा ४२ करोड रुपैयाँ बढी हो । त्यस्तै एनआईसी एसिया बैंकले ३ अर्ब २९ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ।

तेस्रोमा रहेको नबिलले ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ। फागुनसम्ममा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल, एनएमबी, नेपाल बैंक, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले २ अर्ब बढी नाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६५ करोड ५१ लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड ७० लाख, एनएमबी बैंकको २ अर्ब २२ करोड १० लाख नाफा कमाएका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब १५ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब ४ करोड २४ लाख, नेपाल बैंकले २ अर्ब २४ लाख, कृषि विकास बैंक १ अर्ब ८० करोड ५३ लाख नाफा कमाएका छन्।

त्यस्तै, कृषि विकास बैंक, मेगा, प्रभु, कुमारी, सिटिजन्स, सानिमा, एनसीसी, स्ट्यान्डर्ड चार्टड,माछापुच्छ्रे, हिमालयन, एभरेष्ट, लक्ष्मी, नेपाल एसबीआइ, सनराइज, बैंक अफ काठमाडू, एनबीबी बैंकले १ देखि २ अर्बको बीचमा नाफा कमाएका छन् ।

सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकहरूमा सीभिल र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । यस अवधिमा सिभिलले ७३ करोड ६१ लाख र सेञ्चुरी बैंकले ९२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Recent Comments

No comments to show.