वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ।

मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।

नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा जाँदा कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।