चुनावका लागि खटाइयो ७७ मुख्य र छ सय ७६ निर्वाचन अधिकृत

चुनावका लागि खटाइयो ७७ मुख्य र छ सय ७६ निर्वाचन अधिकृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई  खटाएको छ । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।

सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ।

निर्वाचन आयोगका प्रतिनिधिका रुपमा रहने उनीहरुले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ। मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगको मातहतमा रहेर आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामको समन्वय र अनुगमन गर्छन् । साथै आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम पनि उनैले गर्ने व्यवस्था छ ।

Recent Comments

No comments to show.