काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला १ लाख १ हजार रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया