ट्राफिक कार्यालयमा कार्यरत ‘सहयोगी’लाई सम्मान

ट्राफिक कार्यालयमा कार्यरत ‘सहयोगी’लाई सम्मान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ सहयोगी कर्मचारीलाई खादा लगाएर सम्मान गरिएको छ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले यो कार्यालय तथा मातहतमा कार्यरत ४२ कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिँदै खादा लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा एसएएसी जोशीले प्रहरी कर्मचारीहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।

यस अवसरमा एसएसपी जोशीले आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप ईमान्दारी, क्रियाशील र समर्पित भई सेवा गर्न निर्देशनसमेत दिए ।

उनले नेपाल प्रहरीको श्रेणी विहीन पदमा रही लामो समयदेखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुँदा थप उत्प्रेरणा र मनोवल उच्च भएको पनि बताए ।

यस ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम, ११ जना चतुर्थ, १३ जना तृतीय, ८ जना द्वितीय र ४ जनालाई प्रथम स्तरमा स्तर निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

Recent Comments

No comments to show.