तीन पूर्वअर्थमन्त्रीले सार्वजनिक गरे १२ बुँदे संयुक्त धारणा, कसले के भने ? (पूर्णपाठ)

तीन पूर्वअर्थमन्त्रीले सार्वजनिक गरे १२ बुँदे संयुक्त धारणा, कसले के भने ? (पूर्णपाठ)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रमुख प्रतिपक्ष नेकपा एमालेका तीन पूर्व
अर्थमन्त्रीहरुले अराजक अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत
निर्णय लिएको टिप्पणी गरेका छन् ।

पूर्वअर्थमन्त्रीत्रय बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा। युवराज
खतिवडाले आज एमालेको तर्फबाट पत्रकार सम्मेलन गर्दै उक्त धारण सार्वजनिक
गरेका हुन् ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरु कमाउ धन्दामा
रहेको र स्वार्थ नमिल्ने कर्मचारीहरुसँग झगडा गर्दै हिँडेको आरोप लगाए ।

उनले सरकारका मन्त्रीहरु विवादिन अभिव्यक्ति दिँदै कमाउ धन्दामा हिँडेको
र स्वार्थ नमिल्ने कर्मचारीसँग झगडा नै गर्ने, ठेक्कापट्टामा सेटिङ गर्ने
गरेको देखिएको बताए।

उनले भने, ‘अर्थ मन्त्रालयले लिनुपर्ने पहलकदमी ढिलै भए पनि राष्ट्र
बैंकले आफ्नो तर्फबाट लिन थाल्यो। यसलाई ढाकछोप गर्न अघिल्लो सरकार र
गभर्नरमाथि रिस पोख्ने काम भइरहेको छ।’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा नेकपा एमालेले नयाँ सरकारपछि मूल्यवृद्धि दोबर भएको,
बाह्य क्षेत्र सन्तुलन संकटग्रस्त भएको, वैदेशिक व्यापार घाटा आकाशिएको,
बैंकिङ प्रणालिमा अस्वस्थ प्रतिस्पर्धा साथै तरलता संकटको स्थिति आएको साथै
सरकारको वित्त व्यवस्थापन अस्तव्यस्त भएको आरोप लगाएको छ।

कसले के भने ? (पूर्णपाठ)


Recent Comments

No comments to show.