नक्कली नम्बर प्लेट राखिएका सातवटा बुलेट मोटरसाइकल बरामद

नक्कली नम्बर प्लेट राखिएका सातवटा बुलेट मोटरसाइकल बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले भन्सार छली चाेरीपैठारी गरी नेपाल भित्र्याएर नक्कली नम्बर प्लेट राखिएका सातवटा बुलेट मोटरसाइकल बरामद गरेको छ। 

भारतीय नाकाबाट विभिन्न मोटरसाइकल भन्सार छली र चाेरीपैठारी गरी नेपाल भित्र्याई नक्कली नम्वर प्लेट राखी कारोबार गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा उपत्यकाका विभिन्न स्थानबाट सातवटा बुलेट मोटरसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

सस्तोमा मोटरसाइकल बिक्री गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाइकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोइरालाले बताए। नेपालमा बिक्रीवितरण नै नभएका करिब ५ लाख पर्ने बुलेटका नयाँ मोडलहरु नै नेपालको नम्बर प्लेटमा २ लाखसम्ममा बिक्री गर्न खोजिएको उनले जानकारी दिए। 

बरामद भएका करिव २१ लाख मूल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ। 

Recent Comments

No comments to show.