एमाले अध्यक्ष अ‍ोली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ। बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो। 

भेटमा समसामयिक राजनीतिक परिस्थिती र आगामी स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। 

उनका अनुसार स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा छलफल भएको हो। ‘छलफल प्रारम्भिक हो, यस विषयमा थप छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ,’ उनले भने। 

यसअघिको स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा एमाले र राप्रपाले तालमेल गरेका थिए। निर्वाचनको सम्मुखमै ओली र राणाले भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।