आगामी आर्थिक वर्षको बजेट लेखनका लागि ५ सदस्यीय समिति गठन,को-को परे ?

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि ५ सदस्यीय समिति गठन,को-को परे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट लेखनको मूख्य जिम्मेवारी ५ जनालाई दिएको छ । मन्त्रालयले आगामी आवको बजेट लेखनको औपचारिक सुरुवात गर्दै ५ सदस्यीय समिति गठन गरेको हो ।

अर्थमन्त्री जनादर्शन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल तोकिएका छन् ।

सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी तोकिएका छन् ।

समितिलाई संसदको दुवै सदनमा पेश गरिने विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी छ । आर्थिक वर्ष २०७९\८० को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने जिम्मेवारी समेत समितिको हो।

समितिले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर कर्ण, वरिष्ठ आर्थिक सल्लाहकार डा। सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउने अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

Recent Comments

No comments to show.