रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। युक्रेन युद्धलाई लिएर अमेरिकासहितका पश्चिमा राष्ट्रले लगाएको कडा आर्थिकसहितको प्रतिबन्धको जवाफ रुसले दिएको हो।

रुसको विदेश मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनसहित उनको सरकारका शीर्ष मन्त्रीहरुमाथि प्रतिबन्ध लगाइएको हो। रुसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकीसहितलाई प्रतिबन्ध लगाएको छ।

रुसले बाइडेन सरकारका अधिकारीमात्रै नभएर उनको पार्टीकी नेता तथा परिवारका सदस्यलाई पनि रुस प्रवेश गर्न नपाउने प्रतिबन्धित अमेरिकीहरुको सूचीमा राखेको छ।

पूर्वविदेशमन्त्री तथा राष्ट्रपति उम्मेदवार रहिसकेकी नेतृ हिलारी क्लिन्टन तथा बाइडेनका छोरा हन्टर बाइडेन पनि प्रतिबन्धित सूचीमा छन्। उनीहरुले रुस प्रवेश गर्न पाउने छैनन् भने रुसमा रहेको उनीहरुको सम्पत्ति ‘फ्रिज’ भएको छ।

प्रतिबन्ध लागु भए पनि उच्चस्तरीय वार्ताका लागि भने कुनै रोकतोक नहुने रुसी विदेश मन्त्रालयले जनाएको छ।

रुसले अमेरिकाका जोइन्ट चिफ अफ स्टाफ प्रमुख मार्क मिली, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन, राष्ट्रिय सुरक्षा उपसल्लाहकार दलीप सिंह, युएसएआइडीका प्रशासक सामन्था पावर, उपवित्तमन्त्री वाली एडियमो र एक्सपोर्ट–इम्पोर्ट बैंक अफ युएसका प्रमुख रिटा जो लुइसमाथि पनि प्रतिबन्ध लगाएको छ।

पश्चिमा राष्ट्रले यसअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, विदेशमन्त्री सर्गेइ लाभरोभ, राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभसहितलाई प्रतिबन्ध लगाएको थियो।

Recent Comments

No comments to show.