एजेन्सी । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा २० जनाको मृत्यु भएको छ।
शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइत भएका छन्।
उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु उद्दार गरिरहेका छन् । स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया