मौसम पूर्वानुमान : आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ ।

राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।