काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले निजी र गुटको स्वार्थका लागि दोहोरो भूमिका खेल्नेहरू निकै घातक हुने अभिव्यक्तिहितको टिप्पणी गरेका हुन्।
कुनै पनि राजनीतिक वा सामाजिक मुद्धामा पक्ष र विपक्ष हुनु स्वभाविक भए पनि दोहोरो भूमिका खेल्नेहरू भेडाको खोल ओड्ने ब्वाँसाहरू भएको र उनीहरू खतरनाक हुने बताएका छन्।
उनले लेखेका छन्, ‘कुनै पनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो। पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोच र निष्ठाको धर्म निर्वाह गर्छन्। तर, आफ्नो निजी/दलीय र गुटीय स्वार्थ निम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन्! भेडाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं।’
प्रतिक्रिया