संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा, उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई–दुईपटक बोलाएर पनि स्थगित प्रतिनिधि सभाको बैठक फेरि आजका लागि बोलाइएको छ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय भइसकेको छ।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यक्रममा एमसीसी समेटिएको छ। अब आज एमसीसी अघि बढ्ला वा नबढ्ला, निकै चासोको विषय बनेको छ।

एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ ।

सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाण्डौमा झिकाएर खटाएको छ ।

संसदमा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइए पनि सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुवैपटक बैठक स्थगन गरेका थिए ।

Recent Comments

No comments to show.