काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई वटा खेल हुँदै छन्।
लिको १२औँ चरणअन्तर्गत आज दिउँसो १ बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा अपारह्न ४:४५ बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।
लिगबाट च्यासल युथ क्लब रेलिगेशनमा परेको छ। शनिबार भएको खेलमा फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएपछि च्यासल रेलिगेशनमा परेको हो।
प्रतिक्रिया