माओवादी केन्द्रीय समिति बैठक सारियो, अब फागुन २० गते बस्ने

माओवादी केन्द्रीय समिति बैठक सारियो, अब फागुन २० गते बस्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ ।

वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो ।

यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते आयोजना गरिएको पार्टी केन्द्रीय समितिको बैठक स्थगन गरी यही फागुन २० गते निर्धारण गरिएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रीय समिति बैठक बस्न नसक्दा पदाधिकारी चयन हुन सकेका छैनन् । पदाधिकारीका साथै स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न माओवादीले केन्द्रीय समिति बैठक बोलाएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनबीचमै विमति देखिएको छ । माओवादी केन्द्र अहिले सडक, सदन र सडक तीनतिर आन्दोलित भएको अवस्था छ ।

Recent Comments

No comments to show.