धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । यसअघि बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो।

समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो। अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो।

Recent Comments

No comments to show.