नेप्सेमा झिनो अंकको गिरावट,परिसुचक २७३२ अंक पुग्दा २ अर्ब २७ करोडको कारोबार

नेप्सेमा झिनो अंकको गिरावट,परिसुचक २७३२ अंक पुग्दा २ अर्ब २७ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार  झिनो अङ्कले घटेको छ ।

साताको अन्तिम दिन बिहीबार शेयर बजार मापक सूचक (नेप्से)  १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा खरिद विक्री भएको छ ।

कारोबार रकमको आधारमा  कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ।

व्यापार १२.३३, जलविद्यत् २.५९, उत्पादन ०.११, अन्य ५.१२, सामूहिक लगानी कोष ०.०२ अङ्कले उकालो लागेको छ। बैंकिङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, वित्त १०.६३, निर्जीवन बीमा ६.२, लघुवित्त ४.४७, जीवन बीमा ५४.६१, लगानी ०.३४ अङ्कले ओरालो लागेको छ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ३७ लाख ३६ हजार १९७ बराबरको कारोबार भयो।

हिमालयन डिस्टिलरी रु १२ करोड २० लाख १४ हजार २४५, नेपाल दूरसञ्चार कम्पनी रु १० करोड दुई लाख ७५ हजार ७६२, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड छ हजार २१० र नेशनल हाइड्रो पावरको रु सात करोड ४८ लाख ८३ हजार ५१० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख १७ हजार ५५८ बराबर पुगेको छ। कारोबारका आधारमा तेह्रथुम पावर कम्पनी ६.४७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.३२, सामलिङ पावर कम्पनी ४.१३, जीवन विकास लघुवित्त ३.५३ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.४७ प्रतिशतले कमाए।

बुद्धभूमि नेपाल हाइड्रोपावर ४.०२, एनआइसि एशिया ऋणपत्र ३.९०, ग्रीनलाइफ हाइड्रोपावर ३.३९, नेरुडे लघुवित्त विकास बैंक २.२९ र सिभिल लघुवित्तका लगानीकर्ताले २.२७ प्रतिशतले गुमाएका छन्।

Recent Comments

No comments to show.