दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रशोधित दूध प्रतिलिटर ८५ रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारको स्वामित्वमा  रहेको दुग्ध विकास  संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य बढाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।  त्यसैको आधारमा  डीडीसी  प्रतिलिटर ९  रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण  गरेको छ ।  

यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो ।

बढेको ९ रुपैयाँमा प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।

त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९ रुपैयाँ ५२ पैसा थियो ।

दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाउन प्रस्ताव गरेको थियो ।

आर्थिक वर्ष २०६७/६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो।

२०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।