वेस्ट इन्डिजविरुद्ध भारतको सहज जित

वेस्ट इन्डिजविरुद्ध भारतको सहज जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । 

घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए ।  सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे । 

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै  १७६ रनमा समेटियो । वेस्ट इन्डिजका जासन होल्डरले  सर्वाधिक ५७ रन बनाए । 

फाबियन एलनले २९ र  निकोलस पुरन तथा ब्राभोले १८–१८ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले सर्वाधिक चार विकेट लिए । दोस्रो एकदिवसीय आज हुनेछ ।

Recent Comments

No comments to show.