निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय चुनावको मितिबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग आज छलफल गर्ने भएका छन् ।

छलफलका लागि आयोगका पदाधिकारीलाई मंगलवार अपरान्ह बालुवाटारमा बोलाइएको छ ।  

आउँदो ५ गते गते बहालवाल स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसअघि नै चुनाव गर्ने गरी सरकारले चुनावका मिति घोषणा गर्न लागेको हो।

सोमबार बागमती प्रदेशका कांग्रेस नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने बताएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्न सक्ने जानकारी दिए।

Recent Comments

No comments to show.