नेपालले मरिससलाई हरायो, विमल घर्तीमगरको गोल निर्णायक

नेपालले मरिससलाई हरायो, विमल घर्तीमगरको गोल निर्णायक

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ।

शनिबार दथरथ रंगशालामा मरिससलाई १–० गोलअन्तरले पराजित गरेको हो । यो सँगै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ११ वर्षपछि जित हासिल गरेको छ।

नेपालका लागि खेलको ५४औँ मिनेटमा विमल घर्ती मगरले गरेको एकमात्र गोल निर्णायक बन्यो। नेपालको लागि यो उनको नवौं गोल हो। नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो।

सन् २०११ यता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सकेको थिएन।

नेपालले सन् २०११ मा भुटानविरुद्ध घरेलु मैदानमा २–१ गोलअन्तरले विजयी भएको थियो। सोपछि नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन।

कोभिड १९ महामारीका कारण एक तिहाइ दर्शकहरुलाई मात्र दशरथ रंगशालामा प्रवेश दिइएको थियो भने सबैलाई अनिवार्य मास्क लगाउन भनिएको थियो।

मौरिससबिरुद्ध घरेलु मैदानमा नेपाली टिमले मंगलबार अर्को खेल खेल्दैछ।

Recent Comments

No comments to show.