नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टी, ५९१२ जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ जना र ४४६१ जनाको एन्टिजेन परीक्षण गर्दा १५८६ गरी ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९१२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४८ हजार ४४८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८७ हजार ३४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।