‘स्ट्रीट फाईटर’ माेटरसाइकल-नेपाल आउँदै

‘स्ट्रीट फाईटर’ माेटरसाइकल-नेपाल आउँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आभाष ट्रेडर एण्ड सप्लायर्सले  सिंगापुरमा उत्पादन भएको एफकेएम ब्राण्डका तीन नयाँ मोडल मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याउने    भएको छ । 

कम्पनीले स्ट्रीट फाईटर, स्क्राम्बलर र मिनि स्क्राम्बलरगरि तीन नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।

एफकेएम स्ट्रीट फाईटर

एफकेएम स्ट्रीट फाईटर मोडल तीन इन्जिन अप्सनमा उपलब्ध रहने छ ।

स्ट्रीट फाईटरलाई कम्पनीले १५०, १६५ र २०० सीसी इन्जिन अप्सनमा ल्याउने जनाएको छ । यी इन्जिनले क्रमश १२।७, १५ र १६।८ एचपी पावर प्रदान गर्नेछ ।

१५० र १६५ सीसी इन्जिन एयर कुल्ड र २०० सीसी इन्जिन लिक्विड कुल्ड एफआई टेक्नोलोजिमा आधारित रहेको छ । यी बाइकमा फुल एलइडी लाइटिङ, अगाडि यूएसडी फर्कजस्ता फिचर दिइएको छ ।

एफकेएम स्ट्रीट फाईटर १५० को मूल्य ३ लाख ६० हजार, एफकेएम १७५ को ३ लाख ८० हजार र एफकेएम २०० को मूल्य ४ लाख २५ हजारसम्म रहेको छ ।

Recent Comments

No comments to show.