विश्वकप छनोट अघि नेपालले तीन देशसँग सिरिज खेल्ने

विश्वकप छनोट अघि नेपालले तीन देशसँग सिरिज खेल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । टी २० विश्वकप छनोट अघि नेपालले विभिन्न तीन देशसँग क्रिकेटको टी २० सिरिज खेल्ने भएको छ । विश्वकप छनोट खेलको तयारी अघि नेपालले तीनसँग सिरिज खेल्न लागेको हो । 

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले आयरल्याण्ड, ओमान, युइईसँग सिरिज खेल्न लागेको हो । नेपालले फेब्रअरी ११ बाट ओमानसँग खेलेर सिरिजको सुरुवात गर्नेछ । युएईसँग १२ फेब्रुअरीमा र आयरल्याण्डसँग नेपालले १४ फेब्रुअरीमा खेल्ने तालिका छ । 

१५ फेब्रुअरीदेखि ओमानको मस्कटमा नेपालले विश्वकप छनोट खेल्नेछ । नेपालको समूह एमा नेपालसहित आयरल्याण्ड, ओमान, युएई, फिलिपिन्स, क्यानडा, बहराइन र जर्मनी छन् ।

छनोटका ८ टिममध्ये शीर्ष दुईभित्र पर्न सकेमात्र नेपालले अष्ट्रलियामा हुने टी २० विश्वकप खेल्न पाउनेछ । विश्वकप अक्टोबरमा अष्ट्रेलियामा हुँदैछ । 

Recent Comments

No comments to show.