कर तिर्ने समय थप गर्न टानको माग

कर तिर्ने समय थप गर्न टानको माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)ले कर रकम भुक्तानीको समय थप गर्न सरकारसँग माग गरेको छ ।

टानका पदाधिकारीहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई भेटगरि कर तिर्ने अवधि थप गर्न पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

कोरोनाका कारण थलिएका पर्यटन व्यवसायीले गत वर्ष देखि नै ब्यवसाय गर्न नसकेको र कर तिर्न समेत गार्हो परेको अवस्थामा व्यवसायिलाई सहजता पुर्याउन टानका अध्यक्ष खुम बहादुर सुवेदीले मन्त्रीसँग आग्रह गरे ।

महासचिव सरिता लामाले कर तिर्ने अवधि थप गर्ने पत्र आन्तरिक राजस्व विभागलाई समेत लेखेको तर विभागले आफ्नो कार्य अधिकार क्षेत्र भित्र नपर्ने भनि पत्र बुझ्न नमानेकोले अर्थ मन्त्रीसँग ट्रेकिङ व्यवसायीहरुको माग राख्न अनुरोध गरेको बताइन् ।

मागपत्र बुझ्दै मन्त्री आलेले पर्यटन व्यवसायी लाई जोगाउन र उनिहरुका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउँदै यस कर मिनाहा सम्बन्धी मागलाइ आफूले गम्भीरतापुर्वक लिएको बताए ।

ट्रेकिङ व्यवसायीहरुको कर छुट गर्न वा कर तिर्ने समयसीमा थप गर्ने टानको मागलाइ जतिसक्दो छिटो समाधान गर्न तयार रहेको मन्त्री आलले बताए ।

टानबाट वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, कार्यसमिति सदस्यहरुमा सनम शेर्पा सिम्बिर घले, ठाकुर प्रसाद सापकोटा र बल बहादुर समारीको उपस्थिति थियो।

Recent Comments

No comments to show.