आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न व्यवसायी माग

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न व्यवसायी माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेको हो ।

व्यवसायीहरुले विभागमा अघि सारेका तीनवटा मुख्य माग छन्। जसमा एउटा, जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत बनाउनुपर्ने भन्ने छ।

व्यवसायीका अनुसार हाल जर्ति सम्बन्धी ठोस ब्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ। यसले एउटै तौलको उस्तै गरगहनामा दरभाउ फरक पर्दा कारोबारमै दुष्प्रभाव परेको छ।

व्यवसायीले सुनचाँदी जस्तो बहुमुल्य धातुको कारोबारमा नगद कारोबारको सीमा ५० हजारबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याउनुपर्ने र लेखापरीक्षण सम्बन्धी व्यवस्थामा एकरुपता हुनुपर्ने व्यवसायीहरुको माग रहेको महासंघले जनाएको छ।

विभागका महानिर्देशक पौडेलले व्यवसायीका मागहरु अध्ययन गरी सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन्। उनले भने ‘हामी अध्ययन गरेर सरकारले के गर्न सक्छ त्यो बाटो खोज्छौं।’

महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानुनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए।

Recent Comments

No comments to show.