काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघका काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले मन्त्रालय मातहतका निकायबाट नीजि क्षेत्रलाई तर्साउने काम गरिरहेको आरोप लगाएका छन् ।
शुत्रबार नेपाल उद्योग वाणिज्य महासंघले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय नीजि क्षेत्रको अभिभावक बनोस् भन्ने आफूहरुको चाहना भएपनि यो मन्त्रालय मातहतका निकायबाट नीजि क्षेत्रलाई तर्साउने काम गरिरहेको आरोप लगाए ।
‘उद्योग वाणिज्य मन्त्रालय मातहतका विभागहरुले जुन रुपमा नीजि क्षेत्रमैत्री काम गर्नुपर्ने थियो, त्यो नभएको अनुभूति हामीलाई भएको छ’ श्रेष्ठले भने ।
नीजि क्षेत्र पनि उपभोक्ताको हितका लागि प्रतिवद्ध रहेको बताएका छन् । यद्यपी, मुलुक संघियतामा गईसकेपछि ३ तहका सरकारबीच समन्वय नहुँदा नीजि क्षेत्रले दुःख पाईरहेको श्रेष्ठको गुनासो छ । साना, मझौला तथा घरेलु उद्योगहरुले राज्यबाट पाउनुपर्ने सेवा सविधा पाउन नसकेको भन्दै उनले त्यसका लागि छुट्टै ‘मेकानिजम’को आवश्यकता महशुस भएको बताएका छन् ।
‘साना, मझौला र घरेलु उद्योगहरु अहिले साँच्चै मर्कामा छन्’ उनले भने, ‘स्थानीय तहमा दर्ता भएर शुल्क बुझाईरहन्छन्, तर पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन् ।’
उनले कर, वाणिज्य लगायतका विषयमा उद्योग दर्ता देखिकै ‘करिकुलम’ बनाउने काम पनि आफूहरुले गरिरहेको जानकारी दिए ।
कार्यक्रममा विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया