हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्ः पूर्वयुवराज पारस

हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्ः पूर्वयुवराज पारस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताएका छन्

बिहीबार ५०औं जन्म दिन मनाएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गरेका छन् ।

जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताएका छन् ।

Recent Comments

No comments to show.