सरकारी मेडिकल स्टोरमा निसास्सिएर एकै परिवारका चार जनाकाे मृत्यु

सरकारी मेडिकल स्टोरमा निसास्सिएर एकै परिवारका चार जनाकाे मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाकाे ज्यान गएकाे छ। 

नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका-६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टाेरकाे क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ।

भट्टराईको सात जनाकाे परिवार सुतेकाे थियाे। सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए।

बुधबार देशभर वर्षा हुँदा चिसाे बढेकाे थियाे। राति कोइला बालेर सुतेकाे र निसास्सिएर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए। 

Recent Comments

No comments to show.