महिलामाथि सामूहिक बलात्कार आरोपमा सात जना पक्राउ

महिलामाथि सामूहिक बलात्कार आरोपमा सात जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। ती महिलामाथि पटक–पटक गरी विभिन्न समयमा बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। आफन्तको उजुरीपछि प्रहरीले उनीहरूलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

परिसरका एसएसपी सुदीप गिरीले पीडितले उजुरीपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरूलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन्। घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको बताइएको छ। महिलाको स्वास्थ्यवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.