मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बदली, प्रदेश १ मा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बदली, प्रदेश १ मा वर्षाको सम्भावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको आग्रह छ।

प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। आज राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी  दिएको छ।

Recent Comments

No comments to show.