कांग्रेस संस्थापनइतरको केन्द्रीय सदस्य बैठक बस्दै, सभापतिको उम्मेदवारबारे छलफल

कांग्रेस संस्थापनइतरको केन्द्रीय सदस्य बैठक बस्दै, सभापतिको उम्मेदवारबारे छलफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज मंगलबार बस्दैछ ।

कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।

त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसो १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।

दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो। 

Recent Comments

No comments to show.