काठमाडौं । नेपालमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।
सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया