आरएमडीसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आरएमडीसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीयसंस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

लघुवित्तको आज (बुधबार) विहान बसेको बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्षको भन्दा ५ प्रतिशत बढि हो । लघुवित्तले अघिल्लो आवमा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

Recent Comments

No comments to show.