ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्यो : डब्लूएचओ

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्यो : डब्लूएचओ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेको जनाएको छ।

डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ। डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनु पर्ने ‌‌‍आवश्यकता औल्याएँ। ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रै नजिक छ’ उनले भने। 

ओमिक्रोन भाइरस यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो। यो भेरियन्ट कोभिडको यसअधि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ। भेरियन्टबारे तत्कालै जानकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रशंसा भएको छ। ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ। तसर्थ महामारीबारे  विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने । 

नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन्। ‘हामी मध्ये धेरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने। तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानकारी  दिए। 

क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ। भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशहरुले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन्। 

त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरुसँगको सीमा बन्द गरेको जनाएको छ।एजेन्सी

Recent Comments

No comments to show.