नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालयबीच सहकार्यका लागि ऐक्यबद्धता

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालयबीच सहकार्यका लागि ऐक्यबद्धता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (सोमटु)ले सहकार्य गर्ने भएका छन् । यी दुई संस्थाले इण्डष्ट्री अकाडेमिया मञ्च गठन गरी सहकार्य गर्ने सहमती गरेका हुन् ।

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतवार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उनीहरुले मञ्च गठन गर्ने बताएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाका अनुसार शैक्षिक तथा औद्योगिक क्षेत्रवीच वलियो सहकार्य हुुन सक्यो भने मात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।

महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपाल जस्ता अभियानलाई विशेष जोड दिई अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति विकासमा त्रिभुवन विश्वविद्यालयबाट ठूलो सहयोग हुनसक्ने उनको भनाइ थियो ।

यसका लागि दुवै संस्था बीच एउटा स्थायी खालको संरचना तयार गरेर अघि बढ्न उनले सुझाव दिए ।

सो अवसरमा सोमटुुले तयार गरेको नयाँ कोर्श अफ स्टडीका वारेमा छलफल भई त्यसमा उद्यमी व्यवसायीको सुुझाव समेत संकलन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डा. देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, महासंघको वस्तुुगत परिषदका पदाधिकारी एवं सदस्यहरु, वस्तुुगत संघका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु, विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव, विश्व विद्यालयका पदाधिकारी, प्राध्यापक, सहप्रध्यापक, स्नातकोत्तर अध्ययन विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा सोमटुुबाट तयार पारिएको शैक्षिक कोर्श प्रस्तुुत गरिएको थियो ।

दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्श संशोधन गर्नुपर्ने सुुझाव महासंघले दिएको थियो ।

शैक्षिक कोर्श शंसोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केश स्टडीमा भन्दा नेपाली संदर्भमा केश स्टडीमा जोड, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोशिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइशिस लगायतका विशेषलाई पनि समेटनुु पर्ने सुुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, शीप विकासमा केन्द्रीत, उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए ।

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे ।

Recent Comments

No comments to show.