यी हुन एमालेको महाधिवेशनमा निर्विरोध निर्वाचित हुने ५ पदाधिकारी

यी हुन एमालेको महाधिवेशनमा निर्विरोध निर्वाचित हुने ५ पदाधिकारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट ५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

आइतबारको बन्दसत्रमा ओलीले प्रस्ताव गरेका वरिष्ठ उपाध्यक्ष र महासचिव  र उपमहासचिवका पदाधिकारी विरुद्ध कुनैपनि उम्मेदवारी नपरेपछि पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । 

जारी महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। यसअघि सुवास नेम्वाङले पनि वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए तर ओलीले अन्य स्थानमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि नेम्वाङ ब्याक भएका हुन्। 

त्यस्तै शंकर पोखरेल पनि महासचिवमा निर्विरोध निर्वाचित भएका छन्। पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्। 

निर्विरोध निर्वाचित भएका पाँचै जनाको औपचारिक घोषणा भने भएको छैन। बाँकी पदाधिकारीहरुमा भने निर्वाचन हुनेछ। उपाध्यक्ष पदका लागि घनश्याम भुसालले पनि उम्मेदवारी दिएपछि निर्वाचनमै जानुपर्ने भएको हो । 

भीम आचार्य र टंक कार्कीले पनि सचिवमा उम्मेदवारी दिएपछि सो पदका लागि निर्वाचन हुनेछ। पदाधिकारीमा उम्मेदवारी दिने समय भने सकिइसकेको छ। 

Recent Comments

No comments to show.