कांग्रेस काठमाडौँको सभापतिमा सबुज बानियाँ विजयी

कांग्रेस काठमाडौँको सभापतिमा सबुज बानियाँ विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्ला कार्यसमितिको सभापतिमा कृष्ण बानियाँ (सबुज) विजयी भएका छन्। प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई ८६८ मत अन्तरले पराजित गर्दै सबुज विजयी भएका हुन्।

उनले १९५७ मत ल्याए भने कार्कीले १०८९ मत ल्याएका छन्। उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भए भने सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन्।

त्यस्तै नेपाली कांग्रेस काठमाडौँ सहसचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन्। काठमाडौँमा जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो।

Recent Comments

No comments to show.