नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयको कर्मचारीलाई विना धितो कर्जा दिने

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयको कर्मचारीलाई विना धितो कर्जा दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं ।नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वबिद्यालयबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता भएको छ ।

बैंक र विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरूलाई विना धितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धमा सो सम्झौता भएको हो ।

यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाईं र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल, रजिष्टार प्रा. डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै बैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञान राज गौतम लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयबीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै उनले बैकले त्रिभुवन विश्वबिद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रशंसा गरे ।

सेवाग्राही कर्जाको सम्झौताबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक/शिक्षक तथा कर्मचारीहरुले बढी भन्दा बढी लाभ लिन सक्ने विश्वास ब्यक्त गर्दै भविष्यमा दुवै पक्षले अधिकतम लाभ लिन सक्ने थप नयाँ नयाँ कार्यक्रमहरु अगाडि बढाउन अनुरोध समेत गरेका थिए ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले देशका दुइ वटा जेठा संस्थाहरुबीच ऐतिहासिक सम्बन्ध रहेको बताउदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वबिद्यालयका सम्पूर्ण कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे ।

यसैगरी नेपाल बैंकले प्रदान गर्ने सेवामा थप सहजता ल्याई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्घता समेत उनले व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रजिष्टार प्रा. डा. पेशल दाहालले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयको सम्बन्ध र सहकार्यको बारेमा चर्चा गरेका थिए भने नेपाल बैंक रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, त्रिभुवन विश्वविद्यालय आर्थिक महाशाखा प्रमुख कुमार हुमागाई लगायतले पनि मन्तव्य राखेका थिए ।

Recent Comments

No comments to show.