नेपाल एसबिआई बैंकद्वारा ५.३१% लाभांश प्रस्ताव

नेपाल एसबिआई बैंकद्वारा ५.३१% लाभांश प्रस्ताव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंककाे चुक्ता पुँजी ९ अर्ब ४९ कराेड छ ।

उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि पाउनेछन् ।

लाभांश घोषणापछि बैंककाे सेयर मूल्य घटेकाे छ । मंगलबार ३५२ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर मूल्य बुधबार खुल्ने वित्तिकै ६ रूपैयाँले घटेकाे छ ।

Recent Comments

No comments to show.