महाप्रसाद अधिकारी भन्छन् “नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, सीडी रेसियोले तरलता अभाव भएको होइन”

महाप्रसाद अधिकारी भन्छन् “नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, सीडी रेसियोले तरलता अभाव भएको होइन”

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी हटाएकोले तरलताको अभाव भएको भन्ने तर्क गलत भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममामा गभर्नर अधिकारीले सीडीको बारेमा गलत तर्क गर्न नहुने बताए ।

तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए ।

अहिले कार्यान्वयनमा ल्याइएको सीडी रेसियो सम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज सस्तो लागेपनि अधिकांश प्रणालीलाई राम्रो भएको गभर्नर अधिकारीको भनाई छ ।

‘हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौं, यसलाई सबैले बुझ्न आवश्यक छ, सीडी रेसियोले केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ,’ उनले भने ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लागि सीसीडी सम्बन्धी व्यवस्था खारेज गरेर सीडी सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको थियो ।

यसअघिसम्म राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई ८० प्रतिशतसम्म सीसीडी (कर्जा-पुँजी-निक्षेप) अनुपात राख्न दिएको दिएको थियो भने चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ९० प्रतिशतसम्म सीडी (कर्जा-निक्षेप) अनुपात कायम गर्न भनिएको छ ।

Recent Comments

No comments to show.