राजनीतिक दलमा शुद्धिकरण आवश्यक छ: नेता बस्नेत

राजनीतिक दलमा शुद्धिकरण आवश्यक छ: नेता बस्नेत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का युवा नेता श्याम कुमार बस्नेतले नेपालको समृद्धि यात्रालाई थप उचाईमा उठाउनको लागि भ्रष्टाचार ठूलो अवरोधक तत्वको रुपमा रहेको प्रष्ट पारेका छन् ।

मंगलबार सञ्चारकर्मीहरुसँगको भेटघाटको क्रममा बस्नेतले राजनीतिक दलहरुमा भित्रै देखि शुद्धिकरण नभएसम्म समृद्धिका वहस र सपनाले सार्थकता पाउन नसक्ने प्रष्ट पारेका हुन् ।

नेपालमा राजनीतिक अभ्यास अझै बलियो बन्न नसकेको कुरामा समेत उनले जोड दिएका छन् । ‘समृद्ध नेपालः सुखी नेपाली’ नारा सहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकमा सुशासन, समृद्धि र दिगो स्थायित्व कायम गर्ने दिशामा बहुमत सहित क्रियाशिल भइरहेको बेला नेपालको समृद्धि सपना साकार भएको हेर्न नचाहने केही पश्चिमी देशहरुको आडमा सत्तासाझेदार कमजोर तत्वहरुको पहिचान गरी समृद्धि यात्रालाई अवरोध पार्ने प्रयाश भएको समेत स्पष्ट पारेका छन् । यद्यपि नेकपा (एमाले)बाट केही व्यक्तिहरु बाहिरिनुलाई पार्टीमा साधारण चोट लागेको संज्ञा दिँदै उनले अहिले पार्टीको साधारण चोट पनि सुपरग्लु  लगाएर टाँसी साधारण अवस्थामा नै आइसकेको बताएका छन् ।

महाधिवेशन जनपरिचालन कमिटीका संयोजक समेत रहेका बस्नेतले यसपटक मंसिर १० देखि १२ सम्म चितवनमा सम्पन्न हुने महाधिवेसन सभ्य र भव्य रुपमा सम्पन्न हुने समेत बताएका छन् । यसको लागि व्यापक मात्रामा स्वयमसेवकहरुको परिचालन गरिएको उनले बताए । साथै महाधिवेसन समापन पश्चात् उक्त क्षेत्रको राम्रोसँग फोहोरमैला व्यवस्थापन गरी वातावरण संरक्षण सम्बन्धमा उत्कृष्ट सन्देश प्रवाह गरिने समेत उनले बताएका छन् ।

नेकपा (एमाले)ले यस पटकको महाधिवेसनमा ५ लाख व्यक्तिहरु महाधिवेसनस्थलमा उतार्दैछ । जसबाट नेकपा (एमाले) कमजोर नभएको पुष्टि गर्नुको अलावा अन्तर्राष्ट्रिय समुदायमा समेत नेकपा (एमाले) पुनः सशक्त दलको रुपमा आगामी निर्वाचन परिणामबाट उदाउने सन्देश प्रवाह हुने समेत बस्नेतले धारणा रहेको छ ।

Recent Comments

No comments to show.