कांग्रेस अधिवेशन: प्युठानमा तनाव, प्रहरीकाे अश्रु ग्यास प्रहारबाट ६ जना घाइते

कांग्रेस अधिवेशन: प्युठानमा तनाव, प्रहरीकाे अश्रु ग्यास प्रहारबाट ६ जना घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठानमा जिल्‍ला सभापतिको अधिवेशनमा तनाव भएको छ। स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न भई मतगणना भइरहेका बेला तनाव भएको हो।

कुल १०६५ मत खसेकोमा ६५ मत गणना गर्न बाँकी रहेका केही युवाले ढुंगामुढासहित अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय प्रमुख सत्यनारायण थापाले भने, ‘मतपरिणाम अन्तिम अवस्थामा पुग्दै गर्दा एक जत्थाले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। दुईजना प्रहरीसहित ६ जना घाइते भएका छन्।’

उनकाअनुसार एक जना प्रहरी, एक सशस्त्र प्रहरी र अन्य चार जना सर्वसाधारण घाइते भएका छन्। घाइते प्रहरी कर्मचारी चन्द्रबहादुर गाहा मगरलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भुसालले अहिले अवस्था नियन्त्रणमा रहेको बताए। तर केही समयका लागि मतगणना रोकिएको र चाँडै सुरु गरिने उनको भनाइ छ। ‘वत्तीको व्यवस्था गरेर चुडिएको डोरी मर्मत गरेर सुरु गर्ने तयारी निर्वाचन कार्यालयको छ,’ उनले न्युज कारखानासँग भने। बाहिरबाट क्याम्पसमा ढुंगा प्रहार भएपछि घटना भएको उनले जानकारी दिए। उनकाअनुसार घटनामा संलग्न भएको भनेर कसैलाई नियन्त्रणमा लिइएको छैन।  

Recent Comments

No comments to show.